शनिबार , कार्तिक ६, २०७८

‘ब्ल्याक विडो’ फिल्मका लागि बिएमडब्लुले मार्भलसँग सहकार्य गर्दै

असार १६, २०७८ बुधबार 136

लक्जरी गाडी तथा मोटरसाइकल निर्माण कम्पनी बिएमडब्ल्यूले मार्भल स्टुडियोजसँग सहकार्य गर्ने भएको छ। मार्भल स्टुडियोज अमेरिकी फिल्म एवम्

टेलिभिजन निर्माण स्टुडिओ हो। मार्भल्स स्टुडियोजको फिल्महरू अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रिय छ। बिएमडब्ल्यूको मार्भल स्टुडियोजसँगको यो पहिलो सहकार्य हुनेछ। मार्भल

स्टुडियोजको पछिल्लो फिल्म ‘ब्ल्याक विडो’को लागि कम्पनीहरूबीच साझेदारी भएको न्युज च्यान्टले जनाएको छ। ब्ल्याक विडोमा बिएमडब्ल्यू एक्स ३ र बिएमडब्ल्यू २ सिरिज ग्यान

कुप देखिनेछ। कम्पनीका अनुसार यो सहकार्यलाई उनीहरू फिल्म ब्ल्याक विडोपछि पनि निरन्तरता दिनेछन्। फिल्मको एक्सन अनुक्रमणमा प्रयोग भएको गाडी बिएमडब्ल्यू एक्स ३

एम४ओआइ हो। कम्पनीले जर्मनीको मुनिचमा बसोबास गर्ने स्थानीयले फिल्मको सुटिङमा प्रयोग भएको वास्तविक गाडी पनि देख्न पाउने बताएको छ।
बिएमडब्ल्यूले युट्युबमार्फत

‘बिहाइन्ड–द–सिन अर्थात् पर्दा पछाडिको गतिविधि पोस्ट गरेको छ। जसमा गाडीको विभिन्न स्टन्ट देख्न सकिन्छ। स्कार्लेट जोहान्सन प्रमुख पात्रमा देखिने ब्ल्याक विडो जुलाई ९ मा

सार्वजनिक हुने भनिएको छ। फिल्ममा स्कार्लेटसँगै फ्लोरेन्स प्यू, रोबर्ट डाउन्ने, रेचल वेसलगायत कलाकारको अभिनय छ। ‘एक्स ३ र २ सिरिज ग्यान कुप फिल्म ब्ल्याक विडो जस्तै

चुस्त छ। हामी संसारलाई हाम्रो काम देखाउन उत्साहित छौं’, वाल्ट डिस्ने कम्पनीका साझेदारी मार्केटिङका वरिष्ठ उपाध्यक्ष मिन्डी ह्यामिल्टनले भनेका छन्।बिएमडबल्यूले यसरी

मार्भल स्टुडियोजसँग सहकार्य गर्न पाएकोमा कम्पनीले खुशी व्यक्त गरेको छ। बिएमडब्ल्यू एक्स ३ मोडलमा २.० लिटर टर्बो इन्जिन छ। जसले २ सय ४९८ एचपी पावर र ३ सय ४९

एनएमको टर्क जेनेरेट गर्छ। त्यस्तै बिएमडब्ल्यूको नयाँ २ सिरिज कुपमा ६ सिलिन्डर इन्जिन प्रयोग भएको छ। कम्पनीका अनुसार यो श्रृंखला सबैभन्दा आधुनिक प्रविधि भएको गाडी हो।

प्रतिकृया दिनुहोस्