मंगलबार , साउन १२, २०७८

Author: Nepal Khabar

विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट

विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट

Posted in समाचार
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ । विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र शुल्क तिर्न सक्ने व्यवस्था शुरु गरेको हो । देशका विभिन्न स्थानबाट समकक्षताका लागि कीर्तिपुरस्थित केन्द्रको कार्यालयमा नै आएर आवेदन दिनुपर्ने झन्झट अब अन्त्य भएको छ । यही असार २० गते अनलाइनको प्रयोगबाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर घर भई नेपाली सेनाको श्रीकालीध्वज गण नवलपरासीमा कार्यरत उपसेनानी गणेश चन्दले यो सेवा लिनुभएको छ । उहाँलाई केन्द्रका कार्यकारी निर्देशक प्रा डा पारसनाथ यादवले समकक्षता प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।सेवाग्राही चन्दले यसरी सेवा लिँदा कागजात रुजु गराउन झ्यालमा लाइन बस्न र शुल्क बुझा
सहकारीका सदस्यको ब्याजमा छुट दिन निर्देशन

सहकारीका सदस्यको ब्याजमा छुट दिन निर्देशन

Posted in समाचार
बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले कोरोना महामारीबाट प्रभावित सदस्यहरुलाई ब्याजदरमा छुट दिन आग्रह गरेको छ । सदस्य संस्थाहरुका लागि मार्गदर्शन जारी गर्दै संघले कोरोनाको दोश्रो लहरको निषेधाज्ञा सुरू भएको कारणले ऋणको ब्याज र किस्ता भुक्तान गर्न नसकेका सदस्यहरुलाई बन्दाबन्दी अवधिभरको हर्जना नलिन र आन्तरिक निर्णय गरी सदस्यलाई ब्याजमा छुट दिन आग्रह गरेको हो । यसैगरी संघले निषेधाज्ञा खुल्नासाथ सञ्चालनमा आउन सक्ने व्यवसायीहरुलाई बढीमा २०७८ पुस मसान्तसम्म निषेधाज्ञा अवधिको किस्ता तिर्न सक्ने गरी म्याद दिने, पूर्ण प्रभाव परेका सदस्यहरुलाई भविष्यमा तिर्न सक्ने सम्भाव्यताको अध्ययन गरी सदस्यसँगको सहमतिमा निषेधाज्ञा अवधिभरको किस्ता रकमलाई पुनः तालिकीकरण गर्न सकिने व्यवस्था गरेको छ । ऋणी सदस्यहरुमा परेको प्रभावको अवस्था हेरी निषेधाज्ञा हटेपश
अब ‘हाम्रो पात्रो’बाट रेडियो एचडीमा सुन्न सकिने

अब ‘हाम्रो पात्रो’बाट रेडियो एचडीमा सुन्न सकिने

Posted in समाचार
काठमाडौं । नेपालकै लोकप्रिय एप ‘हाम्रो पात्रो’मा अब रेडियो एचडी ९हाई डेफिनेसन० अर्थात् उच्च गुणस्तरीय आवाजमा सुन्न सकिने भएको छ । उच्च गतिको इन्टरनेट सेवा विस्तार हुँदै गएसँगै हाम्रो पात्रोमा उपलब्ध रेडियो स्टेसनलाई थप स्पष्ट सुन्न सकिने व्यवस्था मिलाइएको हो । यसअघि ३२ केबीपीएस तथा ६४ केबीपीएसमा उपलब्ध रेडियोहरु अब एचडी अर्थात् १२८ केबीपीएसमा समेत सुन्न सकिने भएको छ । हाल ईमेज एफएम, उज्यालो रेडियो नेटवर्क, विजया एफएम, नेपाली रेडियो नेटवर्क, क्लासिक एफएम एचडीमा गइसकेका छन् । बाँकी रेडियोलाई समेत क्रमशः एचडीमा रुपान्तरण गर्ने तयारी चलिरहेको हाम्रो पात्रोका प्रबन्ध निर्देशक सुदिना गौतमले जानकारी दिइन् । ‘अबको केही दिनमा ५० वटा एफएम रेडियोलाई एचडीमा लैँजादैछौं,’ उनले भनिन्, ‘यसैगरी अबको दुई महिनाभित्र सय वटा रेडियोलाई एचडीमा उपलब्ध गराउने हाम्रो योजना छ ।’ हाल हाम्रो पात्रोमा
जुनमा भित्रिए ११ सय पर्यटक

जुनमा भित्रिए ११ सय पर्यटक

Posted in समाचार
काठमाडौं । गत जुन महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै जम्मा एक हजार १०० विदेशी नेपाल भित्रिएका छन् । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो । अध्यागमन विभागले सार्वजनिक गरेको जुन महिनाको तथ्याङ्कअनुसार नियमित उडान बन्द भएका समयमा चार्टर्ड तथा उद्धार उडानमार्फत १११ देशबाट एक हजार १४३ विदेशी नेपाल भित्रिएका हुन् । यसमा ७०८ पुरुष, ४३४ महिला र एक जना अन्य नागरिक भित्रिएका हुन् । विभागले तथ्याङ्कअनुसार जुन महिनामा एक हजार १४३ विदेशी र नौ हजार ५५९ जना नेपाली गरी एक महिनामा १० हजार ७०२ जना नागरिक स्वदेश भित्रिएका छन् । निषेधाज्ञाका समयमा नेपाल भित्रनेभन्दा बाहिरिने विदेशी पर्यटक धेरै रहेका छन् । जुन महिनामा एक हजार १४३ विदेशी नेपाल भित्रने तीन हजार ६०६ बाहिरिएका छन् । एक महिन
मंगलबारदेखि उपत्यकामा जोरबिजोर प्रणालीको अन्त्य भए पनि जारी निषेधाज्ञामा के के गर्न पाइन्छ ?

मंगलबारदेखि उपत्यकामा जोरबिजोर प्रणालीको अन्त्य भए पनि जारी निषेधाज्ञामा के के गर्न पाइन्छ ?

Posted in समाचार
काठमाडौं । असार २२ मंगलबारदेखि उपत्यकामा जोरबिजोर प्रणालीको अन्त्य भए पनि ३१ असारसम्म निषेधज्ञा जारी गरिएको छ । वैशाख १६ देखि जारी निषेधाज्ञा निजी तथा सार्वजनिक सवारीको को हकमा लगाइएको जोरबिजोर प्रणाली भने हटाइएको छ । आइतबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बीच बसेको बैठकले जोरबिजोर प्रणालीको अन्त्य गरेपनि विद्यालय सञ्चालन, सभा जुलुस, भीडभाड गर्न नपाउने नियम भने यथावतै नै राखेको छ । यसैगरी २५ जनाको उपस्थितिमा परीक्षा सञ्चालन गर्न पाउने व्यवस्था मिलाइएको छ । अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिइने छ भने यसका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिनुपर्नेछ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने भनिएको छ। यसैगरी निर्माण साम
झापाको मेचीनगर नगरपालिकामा जारी आठौं नगरसभा स्थगित

झापाको मेचीनगर नगरपालिकामा जारी आठौं नगरसभा स्थगित

Posted in समाचार
झापा । झापाको मेचीनगर नगरपालिकामा जारी आठौं नगरसभा स्थगित भएको छ । असार १० गते प्रमुख अतिथि पुर्व सञ्चार मन्त्री राम कार्कीद्वारा उद्घाटन गरेका नगर सभामा नगरपालिकाले आर्थिक वर्ष ०७८–७९ का लागि १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३५४ रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरी आइतबार सम्पन्न गर्ने गरी स्थगन गरेको नगरसभा आज सुरु भएको केही समयमै एमाले संसदीय दलले बहिष्कार गरेपछि स्थगित भएको छ । शुक्रबार मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देल र स्थानीय अर्जुन थेवेबीच भएको घटनाको विषयलाई लिएर नेकपा संसदीय दलले नगरसभा बहिष्कार गरेको हो । शुक्रबार दिउँसो चारआली चोक पूर्व ढलको निकासको लागि जेसीवी लिएर निर्माणस्थल पुगेका वडाध्यक्ष सिग्देलमाथि स्थानीय थेवेलगायतले हातपात गरेको एमाले संसदीय दलले आरोप लगाएको छ । मेचीनगरमा जारी नगरसभामा आइतबार यस बिषयले प्रवेश पाएसँगै नगर सभा स्थागित भएको हो ।
मुस्ताङमा कोरला नाकामा सुक्खा बन्दरगाह बन्ने

मुस्ताङमा कोरला नाकामा सुक्खा बन्दरगाह बन्ने

Posted in समाचार
काठमाडौँ । छिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त हुने निष्कर्ष निकालेको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी प्रमुख आशिष गजुरेलले चीनसँगको व्यापारलाई थप सहजीकरणका लागि निर्माण गर्न लागिएको कोरला सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिनुभयो । कोरला नाकामा चीनतर्फ भन्सार, अध्यागमन र सुक्खा बन्दरगाहलगायत भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ । समुद्री सतहबाट चार हजार ६६० मिटर उचाइमा बन्ने सो सुक्खा ' बन्दरगाहमा दुई दर्जनभन्दा बढी भित्री पूर्वाधार निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । सितारा कन्सल्टेन्ट प्रालिले एक वर्षको अवधिमा सो अध्ययन गरेको हो । अध्ययन प्रतिवेदन समितिलाई प्राप्त
‘भ्रष्टाचारका अखडा’ दर्जनौँ निकायमाथि अख्तियारको विशेष निगरानी

‘भ्रष्टाचारका अखडा’ दर्जनौँ निकायमाथि अख्तियारको विशेष निगरानी

Posted in समाचार
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा बढी उजुरी परेका दर्जनौं क्षेत्र तथा निकायमाथि विशेष निगरानी बढाएको छ । जसअनुसार संघीय मामिला मन्त्रालय र त्यसअन्तर्गतका विभिन्न स्थानीय तह, शिक्षा क्षेत्रसँग सम्बन्धित विश्वविद्यालय, विद्यालय, शिक्षा कार्यालय तथा युनिट, भूमि प्रशासनसँग सम्बन्धित मालपोत नापी कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकाय, सकड, यातायातलगायतका क्षेत्र विशेष निगरानीमा परेका छन् । यसैगरी वन तथा वातावरण मन्त्रालय मातहतका निकाय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मातहतका निकाय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका निकायविरुद्ध पनि अख्तियारमा अत्यधिक उजुरी परेकाले ती निकाय विशेष निगरानीमा राखिएको अख्तियारले जनाएको छ । आयोगमा चालू आर्थिक वर्ष २०७७-७८ को साउनदेखि जेठ मसान्तसम्मको अवधिमा १३ हजार ३३ उजुरी परेका थिए । अघि
म्याग्दीमा बाढीपहिरो प्रभावितलाई ४० नयाँ घर हस्तान्तरण

म्याग्दीमा बाढीपहिरो प्रभावितलाई ४० नयाँ घर हस्तान्तरण

Posted in समाचार
बेनी । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चाबी हस्तान्तरण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहहरुसँग समन्वय गरी जग्गाविहीनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्डानुसारका प्रतिघर रु पाँच/पाँच लाख गरी कुल रु दुई करोडको लागतमा घर निर्माण गरी हस्तान्तरण गरिएको मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीले बताउनुभयो । आइतबार रघुगङ्गा गाउँपालिकामा निर्माण भएका चार वटा घर हस्तान्तरण गरिएको छ । यसअघि अन्य पाँच स्थानीय तहमा पुनःनिर्माण गरिएका घर सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको छ । करिब छ महिनाको अवधिमा मोनाले धवलागिरि गाउँपालिकामा १४, मालिकामा १०, मङ
राजनीतिक शक्तिको आडमा राजमार्गसँग जोडेर क्रसर संचालन, हिउँद वर्षा सधैँ पहिरो

राजनीतिक शक्तिको आडमा राजमार्गसँग जोडेर क्रसर संचालन, हिउँद वर्षा सधैँ पहिरो

Posted in समाचार
काभ्रे । राजनीतिक शक्तिको आडमा राजमार्गसँग जोडेर क्रसर संचालन गरेको क्रसरमा गएको पहिरोले जोखिम निम्तिएको छ । क्रसरले रोशी खोला रोकेर डस्ट राखेर संकट निम्त्याईरहेको बेला वर्षातमा गएको पहिरोले राजमार्ग र राजमार्गमा यात्रा गर्ने यात्रु थप जोखिममा छन् । नाङशाल ढुंगा रोडा उद्योग प्रालीले विपी राजमार्गको खार्पाचोक सडक खण्डमा थुपारेको डस्टले रोशी खोलाको जोखिमसँगै असार १७ गते देखि परेको अविरल वर्षातका कारण गएको पहिरोले अरु जोखिम निम्त्याएको छ ।अख्तियार तथा अन्य निकायले पटक पटक अनुगमन गरे पनि उक्त क्रसरले पु¥याएको क्षति न्यूनिकरण गर्न क्रसरलाई सचेत समेत गराएका छैनन । निरन्तरझण्डै एक दशक देखि क्रसरले राजमार्गमा क्षति पु-याउँदै आएको छ । ‘पहुँच र शक्तिका आडमा क्रसरको दादागिरीले सर्वसाधारण जोखिममा छन्’–स्थनीय खड्गबहादुर लामाले भन्नुभयो–‘क्रसरका कारण बस्ति, सडक र राजमार्गमा यात्रा गर्ने यात्रु