शनिबार , अषोज ९, २०७८

खेलकुद

ला लिगामा  रियल म्याड्रिड शीर्षस्थानमा !

ला लिगामा रियल म्याड्रिड शीर्षस्थानमा !

Posted in खेलकुद
काठमाडौं : स्पेनिस ला लिगामा रियल म्याड्रिड शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई १–० गोल अन्तरले प'राजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा ड्यानी कार्भाजलले गरेको गोल नै निर्णयक गोल बन्यो । ६१औं मिनेटमा बेन्जेमाबाट पासमा उनले गोल गरेका थिए । त्यसअघि ५४औं मिनेटमा करिम बेन्जेमाले गोलले मान्यता पाएन । क्यासमिरोको पासमा बेन्जेमाले गरेको गोल अफसाइड ठहरिए । यो जितसँगै अ'पराजित रहेको रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान ७ अंक नै भएपनि सेभिया, भ्यालेन्सिया र मलोर्का गोल अन्तरमा शीर्ष चारमा रहेका छन् ।
चेल्सी र लिभरपुल बराबरमा रोकियो !

चेल्सी र लिभरपुल बराबरमा रोकियो !

Posted in खेलकुद
काठमाडौं : इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेस्सी र लिभरपुल १–१को बराबरीमा रोकिएको हो । खेलको पहिलो हाफमा चेल्सीले अग्रता लिएपनि जोगाउन सकेन । खेलको २२ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले रिस जेम्सको कर्नरमा गोल गरेका थिए । पहिलो हाफको इ'न्ज्युरी समयमा चेल्सी १० खेलाडीमा समेटिए । जेम्सले गोललाइनमा गोल बचाउने क्रममा बलले हातमा लागेपछि रेफ्रीले रातो कार्ड दिँदै लिभरपुललाई पेनाल्टी दिए । उक्त पेनाल्टीको सदुपयोग गर्दै मोहमद सलाहले खेल बराबरीमा ल्याए । दोस्रो हाफमा लिभरपुलले एकतर्फी आ'क्रमण गरेपनि खेलमा अग्रता बनाउन सकेन । यस बराबरीले दुवै टोलीको अ'पराजित यात्रा कायम रहेको छ । दुवै टोलीले ३ खेलमा समान ७(७ अंक जोडेका छन् ।
राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेव ह्वाटमोरले दिए राजीनामा !

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेव ह्वाटमोरले दिए राजीनामा !

Posted in खेलकुद, समाचार
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेव ह्वाटमोरले पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप लिग–२ का लागि ओमानमा रहेका विश्वकप विजयी प्रशिक्षक ह्वाटमोरले शुक्रबार राजीनामा दिएका हुन् । ह्वाटमोरले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र लेख्दै मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ह्वाटमोरले आफ्नो व्यक्तिगत तथा घरायसी कारणले र परिवारलाई धेरै समय दिनुपर्ने भएकाले ओमान भ्रमणपछि आवद्ध हुन नसक्ने आशयको इमेल पठाएका छन् । ह्वाटमोरले आफ्नो एजेन्टमार्फत् इमेल पठाएपनि क्यानले भने अहिलेसम्म जवाफ पठाएको छैन । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यसबारे व्यक्तिगत रुपमा प्रशिक्षक ह्वाटमोरसँग एक पटक कुरा गर्ने बताएका छन् । गत जनवरीमा मात्रै ६७ वर्षीय ह्वाटमोर नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए । उनको डिसेम्बरसम्म क्यानसँग सम्झौता रहेको थियो । आईसी
एमबाप्पे रियल म्याड्रिड जाने !

एमबाप्पे रियल म्याड्रिड जाने !

Posted in खेलकुद
काठमाडौं : पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पे रियल म्याड्रिड जाने निश्चित जस्तै भएको छ । ट्रान्सफरलाई लिएर सहमतिको नजिक पुगेको पिएसजीले जनाएको छ । एमबाप्पेका लागि रियल १ सय ७० मिलियन युरो प्रस्ताव गरेको छ । यसअघि रियलले १ सय ६० मिलियन प्रस्ताव गरेको थियो । एमबाप्पेले पिएसजीलाई आफूलाई क्लब छाड्न अनुमति दिन गरेको आग्रहले गरेका थिए । पीएसजीसँग एमबाप्पेको करार सम्झौता एक वर्ष बाँकी छ। उनी अर्को समरसम्म ‘फ्री एजेन्ट’ हुनेछन्। यदि पीएसजीले एमबाप्पेबाट केही रकम प्राप्त गर्ने हो भने, यही बेला उचित मुल्यमा बेच्नुपर्ने हुन्छ। यस सिजनको समर ट्रान्सफर अगस्ट ३१ मा सकिँदैछ। पीएसजीको नयाँ प्रस्तावलाई एमबाप्पेले अस्वीकार गर्दै आएका छन्। पाँच सिजन पीएसजीमा विताएका एमबाप्पे मेस्सीको आगमनपछि त्यति खुशी छैनन् । त्यसैले रियलले पीएसजीको चित्त बुझाएमा एमबाप्लेलाई यसै सिजन रियल
रोनाल्डो म्यानचेस्टर सिटी जाने !

रोनाल्डो म्यानचेस्टर सिटी जाने !

Posted in खेलकुद
काठमाडौं : इंग्ल्याण्ड राष्ट्रिय टिमका कप्तान तथा टोटेनहमका स्ट्राइकर ह्यारी केन नआउने पक्का भएपछि म्यानचेस्टर सिटीले पोर्चुगल स्टार क्रिष्ट्रियानो रोनाल्डोलाई भित्र्याउने तयारी गरेको छ । रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले केहि दिनयता म्यानचेस्टर सिटीसँग रोनाल्डोको ट्रान्सफरबारे छलफल गरिरहेको गोल डटकमले जनाएको छ । यसअघि रोनाल्डोले क्लबमै बस्ने निर्णय गरेका थिए । रोनाल्डोले समाजिक सञ्जालमा लामो संदेश लेख्दै आफ्नो भविष्यबारे अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरेका थिए । तर, पछिल्लो समय उनको मुड परिवर्तन भएको बताइएको छ । रोनाल्डोकै आग्रहमा मेन्डेसले म्यानचेस्टर सिटीसँग छलफल सुरु गरेको गोल डटकमको दावी छ ।रोनाल्डोले युभेन्टसबाट च्याम्पियन्स लिग जित्ने सम्भावना नदेखेपछि सिटी जाने सोच बनाएका हुन् । रोनाल्डोका लागि म्यानचेस्टर सिटीले सम्झौतामा इच्छा देखाएपनि ट्रान्सफर रकम तिर्न भने आन
नेपाली फुटबल टोलीको बाँकी बन्द प्र’शिक्षण कतारमा हुने !

नेपाली फुटबल टोलीको बाँकी बन्द प्र’शिक्षण कतारमा हुने !

Posted in खेलकुद
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीको बाँकी प्रशिक्षण कतारमा हुने भएको छ। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले बाँकी अभ्यास कतारमा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। नेपाली टोली प्रशिक्षणका लागि सेप्टेम्बर १० तारिखमा कतार जानेछ। अक्टोबर १ बाट शुरु हुने साफका लागि नेपाली टोली कतारमा बाँकी अभ्यास गर्नेछ।प्र'शिक्षणमा अहिले २५ खेलाडी रहेका छन्। नेपाली टोली उतैबाट साफका लागि माल्दिभ्स जानेछ। कतार जानुअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल काठमाडौंमा खेल्नेछ। सेप्टेम्बर २ र ५ मा नेपालले दशरथ रंगशालामा भारतसँग खेल्नेछ। यसअघि, नेपाली टोलीले काठमाडौंमा अभ्यास गरेको थियो। बीचमा प्रशिक्षक अब्दुल्लाह अल मुताइरीको राजीनामा प्रकरणपछि अभ्यास पोखरामा सारिएको थियो। पोखरामा अभ्यासपछि राष्ट्रिय टोली प्रशिक्षणमा कतार जाने भएको हो।
म्यानचेस्टर सिटीकाे सानदार जित !

म्यानचेस्टर सिटीकाे सानदार जित !

Posted in खेलकुद
काठमाडौं : शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले नर्विच सिटीलाई ५-० गोल अन्तरले पराजित गर्दै , सिटीले सा'नदार जित निकालेको छ । म्यानचेस्टरलाई सानदार जित दिलाउनको लागि ज्याक ग्रेलिस, एयमेरिक लापार्टे, रहिम स्टर्लिङ र रियाह माहरेजले एक(एक गोल गरे । एक गोल भने सिटीले उपहार स्वरुप पायो । म्यानचेस्टरको यो पहिलो जित हो । पहिलो खेलमा म्यानचेस्टर टोटेनहम हटस्परसँग १–० गोल अन्तरले पराजित भएको थियो । खेलको सातौं मिनेटमा टिम क्रुलको आत्मघाती गोलबाट सिटीले खेलमा अग्रता लिएको थियो । ग्रान्ट हान्लीले क्रस बचाउने सुरमा बल क्रुललाई लाग्दै आफ्नै पोस्टमा गोल हुने पुगेको थियो । २२औं मिनेटमा ग्रेलिसले गोल गर्दै म्यानचेस्टरको अग्रता दोब्बर बनाए । उनले गाब्रियल जेससको क्रसमा गोल गरेका थिए । ६४औं मिनेटमा लापोर्टले गर्दै म्यानचेस्टरलाई ३-० को अग्रता दिलाए । ७१औं मिनेटमा स्टर्लिङले गोल गर्दै
बराबरीमा रोकियो बार्सिलोना !

बराबरीमा रोकियो बार्सिलोना !

Posted in खेलकुद
काठमाडौं : स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना र एथ्लेटिक बिल्बाओ बराबरीमा रोकिएका छन्। सन मामेस बरिआमा सम्पन्न खेलमा घरेलु टोली बिल्बाओले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा र रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा घरेलु टोलीले अग्रता बनाएको थियो। खेलको ५० औं मिनेटमा इनिगो मार्टिनेजले बिल्बाओलाई अग्रता दिलाएका थिए। तर, बिल्बाओले अग्रता जोगाउन भने सकेन। खेलको ७५ औं मिनेटमा बार्सिलोनाका मेम्फिस डीपेको गोलगर्दै खेल बराबरीमा ल्याए। त्यस्तै खेलको इ'न्ज्युरी समयमा बार्सिलोनाका एरिक गारसिया रेडकार्ड खाँदै बाहिरिएका थिए।त्यस्तै गएराति नै सम्पन्न अन्य खेलहरुमा मालोर्काले अलभेसलाई १-० ले हराउँदा स्पानोयल र भिल्लारियल गोलरहित बराबरीमा रोकिए। त्यस्तै ग्रानडा र भ्यालेन्सिया १-१ को बराबरीमा रोकिए।
पीएसजीको सानदार जित, घरेलु मैदानमा मेस्सीलगायतका खेलाडीको स्वागत ।

पीएसजीको सानदार जित, घरेलु मैदानमा मेस्सीलगायतका खेलाडीको स्वागत ।

Posted in खेलकुद
काठमाडौं : फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले स्ट्रासवर्गमाथि ४–२ को सहज जित निकाल्दै लिग वानमा लगातार दोस्रो जित निकालेको हो । यसअघिको खेलमा पीएसजीले ट्रोएसमाथि २–१ को जित निकालेको थियो । घरेलु मैदान पीएसजीलाई सानदार जित दिलाउनको लागि माउरो इकार्डी, केलियन एमबाप्पे, जुलियन ड्राक्सलर पाब्लो सारावियाले गोल गरे । स्ट्रासवर्गका केभिन गामेइरो र लुडोभिक एजोक्युले गोल फर्काए । खेलको तेस्रो मिनेटमा नै इकार्डीको गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले एब्डोउ डियालोको पासमा गोल गरेका थिए । २५औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । उनले जुलियन ड्राक्सलरको पासमा गोल गरेका थिए । त्यसको दुई मिनेटपछि नै जुलियन ड्राक्सलरले गोल गरेपछि पीएसजीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थिय
इंग्लिस प्रिमियर लिग : चेल्सीको सुखद सुरुवात ।

इंग्लिस प्रिमियर लिग : चेल्सीको सुखद सुरुवात ।

Posted in खेलकुद
काठमाडौं : युरोपेली च्याम्पियन चेल्सीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा सानदार वि'जयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई ३–० गोल अन्तरले प'राजित गर्दै नयाँ सिजनमा सानदार वि'जयी सुरुवात गरेको हो । चेल्सीलाई सानदार जित दिलाउनको लागि मार्कोस अलन्सो, क्रिस्टियन पुलिसिच र ट्रिभो चलोवाहले एक एक गोल गरे । खेलको २७औं मिनेटमा मार्कोस अलन्सोले फ्रिकिकमा सुन्दर गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । टेरिक मिट्चेलले मासन माउन्टलाई फल गरेपछि चेल्सीले फ्रिकिक पाएको थियो । ४०औं मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ५८औं मिनेटमा ट्रेभो चलाबोहले गोल गरेपछि चेल्सीले ३–० को जित निकाल्यो । जितसँगै चेल्सीले तीन अंक जोडेको छ ।